103
988
40.6%
जापानको टोकियो माहनगरपालिका सगै जोडिएको माचुदो सि टी भित्र हाल बिस हजारको संख्यामा बिदेसीहरूको बसोबास रहेको छ, भने उक्त संख्या मध्य दुई हजार नेपाली समुदायको बसोबास रहेको छ, यस नगरको बासिन्दाको नाताले बिगत केही बर्ष देखी माचुदो अन्तराष्ट्रीय सांस्कृतिक दुतको रूपमा नेपालको तर्फ बाट प्रतिनिधित्व गर्दै नेपाल र नेपाली कला संस्कृतिलाई जापानिज समुदाय माझ थोरै भए पनि परिचय गराउने अबसर प्राप्त गर्दै आईरहेको छु, यो अबसरलाई यस बर्ष देखी,माचुदो नेपाल फ़ेस्टीवलको रूपमा सिङगो देशलाई जोड्ने प्रयास स्वरूप गैर आबासिय नेपाली सघ चिवा क्षेत्रिय समितीको प्रमुख आयोजना, नेपाली राजदुताबास जापान माचुदो सिटी, माचुदो अन्तर्राष्ट्रीय एक्सचेन्ज एसोसिएशन,उधोग बाणिज्य सघ माचुदो को सहकार्यमा आगमी ९ महिना २२ तारिक आईतबारको दिन आयोजना हुन गईरहेको प्रथम माचुदो नेपाल फ़ेस्टीवल २०२४ सम्पन गर्नको लागी, जापानका लागी नेपालका राजदूत माहमहिम डा दुर्गा बहादुर सुबेदी ज्यू, माचुदो नगरका नगर प्रमुख मेयर, श्री होन्गोया केन्जी ज्यू, माचुदो अन्तर्राष्ट्रीय एक्सचेन्ज एसोसियेशनका प्रमुख ज्यू, उपप्रमुख ज्यू, गैर आबासिय नेपाली सघ जापानका अध्यक्ष श्री नबिन निउरे ज्यू, फ़ेस्टीवल सयोजक राजन बाबु सुबेदी ज्यु, आर्थिक सयोजक मुक्ती रेग्मी ज्यू, ग़ैर आवासीय नेपाली संघ चिवा समिती सचिब मोहन कार्की ज्यू,लगायतको बिशिष्ठ ब्याक्तित्व ज्यूहरूको उपस्थितिमा आज एक शिस्टाचार भेटघाट सम्पन्न भएको छ, औपचारिक रूपमा सम्पन्न कार्यक्रममा माहमहिम डा दुर्गा बहादुर सुबेदीज्यू ले नेपाली ढाका टोपी, घरबुनुवा गल्बन्दी, र पाल्पाली करूवा प्रदान गरेर नगर प्रमुख ज्यूलाई सम्मान गर्नु भएको थियो, साथै नगर प्रमुखज्यू बाट माहमहिमज्यू मायाको चिनो प्रदान गर्नु भएको थियो, त्यस पस्चात माहमहिम ज्यू र नगर प्रमुख ज्यू फ़ेस्टीवलको बिबिध बिषयमा दुई पक्षिय छलफल सम्पन्न भएको थियो, आजको यस कार्यक्रमले पहिलो पटक चिवामा आयोजना गरिएको माचुदो नेपाल फ़ेस्टीवल सम्पन्न गर्नको लागी हामीहरूलाई थप उर्जा र हौसला मिलेको छ, यो उत्साह मुल आयोजक एन आर एन ए चिवा क्षेत्रिय समिती सगै सम्पुर्ण जापान बासी नेपाली समुदायमा बाढ्दै हजुर हरू सबैको थप माया साथ र सहयोग र सहभागिताको लागी हार्दिक अनुरोध गर्दछौ ,,
103
988
40.6%
Cost:
Manual Stats:
Include in groups:
Products: